१२ बैशाख २०८१, बुधबार | April 24, 2024

खेलकुद पुर्वाधार विकासको पालो रुपन्देहीको : सदस्य सचिव वली



बुटवल । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव भिम वलीले खेलकुद पुर्वाधार विकास गर्नेपालो रुपन्देहीको भएको बताएका छन्।

कार्यभार सम्हालेको आठौ दिन शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद पुर्वाधार र गतिविधि विकास गर्दा रुपन्देही पहिलो प्राथमिकता भएको बताए।

रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५७ औं नियमित बैठकमा उनले ब्यवसायिक क्षेत्रमा रहेका सबै वर्गबाट सहयोग गर्न जरुरी रहेको बताए। आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा नेपालगंजमा ५१ करोड र भौतिक पुर्वाधारमा मात्र ८५ करोड लगानी भएको भन्दै उनले लुम्बिनी प्रदेश ईतिहास रच्न सफल भएको बताए।

प्रत्येक वर्ष २र२ वर्षमा हुनुपर्ने राष्ट्रिय प्रतियोगिता बिस २०३८, ४० र ४२ सालपछि निरन्तरता पाउन नसकेको अवस्थामा ३३ वर्षपछि ०७५ वर्षमा गरेको उनले बताए । खेलाडीको उमेर अनुसारको छनौटका विधिलाई पारदर्शी र वैज्ञानीक रुपमा अघि बढाउने उनले बताए। लुम्बिनी प्रदेशको पाच जिल्लामा फरकफरक खेल प्रतियोगिता गरेको उनले बताए । आठौको बेला रुपन्देहीको एन्फा कम्प्लेक्स, लनटेनिस, क्रिकेटमा मैदानमा समेत गरि ३ करोड बढि लगानी भएको उनले बताए ।

क्लबका अध्यक्ष जीवन कक्षपतिले खेलकुद गतिविधिसँगै पुर्वाधार विकासलाई संगसंगै लैजानुपर्ने बताए। नेतृत्वबाट नै पहुच र बलको आधारमा खेलाडी छनौट गर्ने गलत परिपाटीलाई अन्त्य गर्न समेत उनले सुझाव दिए।

क्लबका सचिव बाबुराम बेल्बासे, कोषाध्यक्ष भानु खत्री, क्लबका पुर्व अध्यक्ष भिम श्रेष्ठ, वर्ष ०२१ र २२ रोट्याक्ट क्लब अफ डाउनटाउनका अध्यक्ष राम बेल्बासेले संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको बताए । फुटसल, क्रिकेट, ब्याडमिन्टन कार्यक्रमहरु क्लबहरुको बिचमा आयोजना गरेर निरन्तर भातृत्व गराउने काम गरेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : २१ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने