१७ बैशाख २०८१, सोमबार | April 30, 2024

एमालेले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची (नामावलीसहित)



काठमाडौं । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । ललितपुरस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेशसभाका लागि ७० समानुपातिक सांसदको नामवली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश नंं १ मा १५, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णालीमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात प्रदेशसभा सदस्यमा एमाले पाएको मतका आधारमा पार्टीले प्राप्त गरेको छ ।

गुरुङका अनुसार प्रदेश नं १ मा महिलातर्फ शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य र गीतादेवी रेग्मी रहेका छन् । आदिवासी जनजाति महिलातर्फ सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, मालतीकुमारी लिम्बु सिर्जना राई, र लहुरमय जिमी याक्खा दलिततर्फ कमला दर्नाल, मधेसीतर्फ गीतारानी महतो र मुस्लिमतर्फ नुरसदी वेगम, तथा आदिवासी जनजाति पुरुषतर्फ नम्मरलाल धिमाल र थारुमा ललिताकुमारी चौधरी रहेका छन् ।

पार्टीले सात महिला र एक पुरुषलाई मधेश प्रदेशमा पठाउने निर्णय गरेको छ । यस प्रदेशमा आदिवासी जनजातितर्फ मञ्जुकुमारी थापा, दलितमा पलटीदेवी महरा, मधेशीतर्फ पलटीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव र पुरुषतर्फ जयचन्द्रप्रसाद पटेल र मुस्लिमतर्फ नाजिमा खातुनलाई पठाउने निर्णय गरेको हो ।

बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले नौ पुरुष र पाँच महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा. दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी र उर्मिला सुनार तथा पुरुषतर्फ आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ र ठूला थामी तथा दलितबाट बालकुमारी विश्वकर्मा रहेका छन् ।

एमालेले गण्डकी प्रदेशबाट १० जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ । खसआर्यतर्फ यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, आदिवासी जनजातितर्फ विनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा तथा दलिततर्फ नन्दकला दमाइ र गोविन्दबहादुर नेपाली रहेको पार्टी प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी प्रदेशबाट जानकी न्यौपाने, बसन्ती न्यौपाने र गिरिधारीलाल न्यौपाने र आदिवासी जनजातिबाट सरिता पुन र यमुना रोका रहनुभएको छ । थारुतर्फबाट सीता चौधरी र भगवतीकुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, मधेसीतर्फ शान्ति लोहर र मुस्लिमबाट सायरा वानुको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, दलिततर्फ गन्त विक र आदिवासी जनजातितर्फ नन्दा गुरुङलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशका लागि सन्तोषीकुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, दलितबाट हिरा सार्की र थारुतर्फबाट कोइलीदेवी चौधरीलाई प्रदेशसभा सदस्यमा पठाएको छ ।

निर्वाचन आयोगले बनाएको मापदण्डअनुसार नै प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि आयोगलाई सिफारिस गरेको प्रमुख गुरुङले बताए । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ३७ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल