२३ बैशाख २०८१, आइतबार | May 5, 2024

खजुराको क्यान्सर अस्पताललाई पर्याप्त विद्युत उपलब्ध गराउने कुलमान घिसिङको आश्वासन



खजुरा । बिना कारण पटक पटक विद्युतको लाईन काटिने समस्या भोग्दै आएको बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले पर्याप्त विद्युत उपलब्ध गराउने आश्वासन दिएका छन् । आज अपरान्ह अस्पतालको अवलोकन भ्रमण गरेका घिसिङले अस्पताललाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनु आश्वासन दिएका हुन् ।

नेपालगन्जको बसपार्क फिडरबाट विद्युत सप्लाई हुँदै गरेको खजुरा क्षेत्र बाँकेमा सबै भन्दा बढी विद्युत अवरुद्ध हुने क्षेत्र हो । अस्पतालको अवलोकन गर्दै कार्यकारी महानिर्देशक घिसिङले अस्पताललाई विद्युतको कमी हुन नदिने बताएको घिसिङलाई उदृढ गर्दै अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

आज अपरान्ह घिसिङ विद्युत प्राधिकरण नेपालगन्ज प्रशारण केन्द्रको टोलि सहित खजुरा स्थित क्यान्सर अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : १० बजे

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा