१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने



खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर माध्यामिक लोक-भजन प्रतियोगिता हुने भएको छ । किशोर किशोरीहरुमा धार्मीक जागरण ल्याउन र धार्मीक आस्था जगाउने उद्देश्यसहित प्रथम अन्तर माध्यामीक लोक भजन प्रतियोगिता आयोजन गरिएको हो ।

लक्ष्मीनारायण मन्दिर ब्यवस्थापन समितिको आयोजनामा हरिबोधनी एकादशीको अवसरमा लोक-भजन प्रतियोगिता संचालन गरिने समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनले युवाहरुमा धार्मीक जागरण ल्याउन तथा किशोर किशोरीमा धार्मीक आस्था जगाउन लोक-भजन प्रतियोगिता आयोजना गर्न थालिएको बताए । ‘धार्मीक जागरणको मार्फत युवाहरुलाई कुलतबाट जोगाउन लोक-भजन सार्थक बन्न सक्छ की भनेर कार्यक्रम राखिएको हो ।’ उनले भने ।

प्रतियोगिता संचालन गर्नका लागि स्थानीय शैक्षिक अगुवा माधव शर्माको संयोजकत्वमा समिति गठन गरिएको आयोजक संस्थाले जनाएको छ । खजुरा क्षेत्रमा रहेका बिद्यालयहरुका माध्यामीक तहका बिद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरिएको संयोजक शर्माले बताए । नेपाली लोक भाकामा आधारित रहेर सामूहिकरुपमा प्रतियोगितामा भाग लिन सकिने उनले जानकारी दिए । बाँके र बर्दियाका माबि तहका बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिन पाउने गरि ब्यवस्थापन गरिएको संयोजक शर्माले बताए ।

नेपालका बिभिन्न शहरहरुमा बिभिन्न नामबाट युवाहरु भजनको माध्यमबाट समाजमा जागरण फैलाईरहेको अवस्थामा पश्चिम नेपालको बाँकेबाट युवाहरुबाट छनौट गरि भजन टोलि बनाएर समाजमा जागरण ल्याउने प्रयास स्वरुप प्रतियोगिता अयोजना गर्न थालिएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : १४ बजे

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा

जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत लुम्बिनी

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने

खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको