१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर संचालन गरिएको छ । आदर्श युवा सञ्जाल र नेपाल नेत्रज्योती संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजनामा संचालन गरिएको निःशुल्क आँखा शिविर संचालन गरिएको हो ।

आयोजक आदर्श युवा सञ्जालका अनुसार आँखा शिविरमा ४० जनालाई मोतिविन्दुको अप्रेशनको लागी सिफारिस गरिएको छ । आइतबार खजुरा डि गाउँ स्थित मिनि रंगशालामा रहेको न्यू डाँफे स्पोर्टस् क्लबको भवनमा रुइत फाउण्डेसन काठमाण्डौको सहकार्य, खजुरा गाउँपालिकाको समन्वयमा विहान देखि अपरान्ह सम्म चलेको आँखा शिविरमा २९१ जनाले आँखा परिक्षण गराएको आदर्श युवा सञ्जाल खजुराका अध्यक्ष खगेन्द्र दाहालले जानकारी दिए । खजुरामा संचालन गरिएको शिविरमा विरामीको उपस्थिती उल्लेखनिय रहेको फत्तेबाल आँखा अस्पताल फुल्टेक्राका नेत्र अधिकृत उमर सादिकले जानकारी दिए । मोतिविन्दु अप्रेशनका लागी सिफारिस गरिएका ४० जना मोतिबिन्दुका विरामीलाई रुइत फाउण्डेसनको सहकार्यमा फत्तेबाल आँखा अस्पतालमा निःशुल्क रुपमा अप्रेशन हुने अध्यक्ष दाहालले जनाए ।

सिफारिस गरिएका बिरामीहरुलाई एक हप्ता भित्र अस्पतालमा अप्रेशनका लागी सम्पर्क गर्न अनुरोध गरिएको सञ्जालका सचिव गम बहादुर डाँगरले जानकारी दिए । शिविरले विशेष गरी आर्थिक रूपमा कमजोर र अस्पतालसम्म सजिलै पुग्न नसक्ने नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुगेको स्वास्थ्य शाखा खजुराका प्रमुख लक्ष्मि केसी ओलीले जनाइन् । अन्धोपन निवारणका लागि रुइत फाउण्डेसनले देशका विभिन्न आँखा अस्पतालहरूसँगको सहकार्यमा निरन्तर रूपमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । खजुरामा गरिएको आँखा शिविरका लागी रुइत फाउण्डेसनले सहकार्य गरेको नेत्र अधिकृत सादिकले जनाए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : ०८ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर