९ भदौ २०८३, मंगलबार | August 25, 2026

१० प्रतिशत समुद्री प्राणी बिलुप्त अवस्थामा



समुद्रमुनि रहेका  विरुवा र प्राणीमध्ये दश भागको एकभाग बिलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी बिलुप्त हुने खतरामा छन् ।

जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेका हुन्  ।

खानी र ग्यासको अन्वेषण तथा उत्पादन र प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्य स्रोतमा हानी पुग्दा संख्या पनि घटेको हो । चरम मौसम र तातो समुद्री छाल जस्ता प्राकृतिक कारण पनि लोपको अर्को कारण हो भने ब्लीचिङ पाउडर र रोगले ठूलो संख्यामा समुद्री प्राणी जोखिममा परेका छन् ।

‘हामीले समुद्री प्रजातिहरूमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ’,आइयुसीएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन–टेलरले भने, ‘समुद्रमुनि वास्तवमा के भइरहेको छ भनेर तपाइले देख्न सक्नुहुन्न ।’

जोखिम हुने समुद्री प्रजातिहरूको अंश हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्ने टेलर बताउँछन् । तथ्यांकअनुसार पूर्वी अफ्रिकाम समुद्रमा बस्ने शाकाहारी स्तनपायी जनावर डगोङ र फ्रान्सेली  क्षेत्रमा पाइने न्यु क्यालेडोनियाको संख्या हवात्तै घटेको छ ।

लोपन्मुख प्रजातिको संरक्षण गर्न तत्काल पहल गर्नुपर्ने आइयुसीएनले जोड दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ५९ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै