१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

१० प्रतिशत समुद्री प्राणी बिलुप्त अवस्थामा



समुद्रमुनि रहेका  विरुवा र प्राणीमध्ये दश भागको एकभाग बिलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी बिलुप्त हुने खतरामा छन् ।

जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक जीवन जोखिममा परेका हुन्  ।

खानी र ग्यासको अन्वेषण तथा उत्पादन र प्रदूषणका कारण तिनीहरूको मुख्य खाद्य स्रोतमा हानी पुग्दा संख्या पनि घटेको हो । चरम मौसम र तातो समुद्री छाल जस्ता प्राकृतिक कारण पनि लोपको अर्को कारण हो भने ब्लीचिङ पाउडर र रोगले ठूलो संख्यामा समुद्री प्राणी जोखिममा परेका छन् ।

‘हामीले समुद्री प्रजातिहरूमा निकै विनाशकारी प्रभाव पारिरहेको देखाउँछ’,आइयुसीएन रेड लिस्टका प्रमुख क्रेग हिल्टन–टेलरले भने, ‘समुद्रमुनि वास्तवमा के भइरहेको छ भनेर तपाइले देख्न सक्नुहुन्न ।’

जोखिम हुने समुद्री प्रजातिहरूको अंश हालको तथ्यांकको तुलनामा धेरै बढी हुन सक्ने टेलर बताउँछन् । तथ्यांकअनुसार पूर्वी अफ्रिकाम समुद्रमा बस्ने शाकाहारी स्तनपायी जनावर डगोङ र फ्रान्सेली  क्षेत्रमा पाइने न्यु क्यालेडोनियाको संख्या हवात्तै घटेको छ ।

लोपन्मुख प्रजातिको संरक्षण गर्न तत्काल पहल गर्नुपर्ने आइयुसीएनले जोड दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले