५ बैशाख २०८३, शनिबार | April 19, 2026

औद्योगिक क्षेत्रले भाडावृद्धि गरेपछि महासंघले लगायो ताला



काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको आरोप लगाउँदै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग तालाबन्दी गरेको छ ।

महासंघले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आज तालाबन्दी गरेको हो । असमान अन्यायपुर्ण तथा विभेदकारी भाडाबृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर निर्धारण गर भन्ने माग महासंघको रहेको छ ।

निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको हो । औद्योगिक प्रवर्द्धन एजेन्सीको रूपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग नै चल्न नसक्ने गरी भाडावृद्धि गरेको ठहर महासंघको छ । महासंघको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले ७०० प्रतिशतसम्म भाडा बढाएको र अहिले कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ गते भाडावृद्धिको लाखौंको बिल उद्योगहरूमा पठाएको भन्दै महासंघले विरोध गरेको हो ।

यसप्रति महासंघ औद्योगिक क्षेत्रस्थित उद्योग संघरसमितिहरू तथा समग्र उद्योगीको घोर आपत्ति रहेको बताउँदै संस्थाका अध्यक्ष रामहिरा पाठकले भने, ुअनुशासन र सौहार्द्धपूर्ण ढंगले तालाबन्दी गरेका छौँ, यसको सुनुवाइ हुन्छ भन्नेमा हामीहरु आशावादी छौँ ।ु उद्योगीले नयाँ नयाँ उद्योगको आविष्कारमा लाग्नुपर्ने समयमा यस्ता माग राखेर आन्दोलनमा उत्रिनु दुखद् भएको उनले बताए

२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५र५ वर्षमा भाडावृद्धि गर्नुपर्नेमा नियम विपरीत २०७२र२०७४ सालमा १५र१५ प्रतिशतका दरले भाडावृद्धि गर्ने र २०७५ सालमा एकैपटक ७०० प्रतिशतले वृद्धि गर्ने कार्य नियमसम्मत नभएको र कार्यान्वयन हुन पनि नसक्ने भन्दै तत्काल खारेज गर्न माग गरिएको छ ।

२०७५ सालदेखि स्थगित रही आएको तर हालको सञ्चालक समितिले निर्णयलाई जबरजस्ती कार्यान्वयन गराउन खोजेकाले महासंघ लगायत अन्य संस्थाहरू समेतलाई मन्जुर नभएको समेत जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको एकतर्फी र अन्यायपूर्ण भाडावृद्धिको विरोध गर्दै गत साउन ३ गते १० सूत्रीय माग र १५ दिनको अल्टिमेटमसहित निवेदन पेस गरेकोमा २०७९ साउन १५ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा तत्कालीन उद्योग सचिव, नेपाल उद्योग वाणिज्य महासंघ समेतको उपस्थितिमा औद्योगिक क्षेत्रको भाडा लगायत तत्कालीन तथा दीर्घकालीन समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालिन सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा समिति बनाए पनि काम नभएकोमा महासंघले आपत्ति जनाएको छ ।

समितिले अहिलेसम्म कुनै प्रतिवेदन नै नदिएको अवस्थामा पुनः रकम भुक्तानी गर्न ताकेतापत्र उद्योगमा पठाउने र यस सम्बन्धमा तालुक मन्त्रालयबाट पनि औद्योगिक क्षेत्रको समस्या हाम्रो होइन भन्ने जस्ता गैरजिम्मेवारीपूर्ण कुरा आउनुले हाम्रो शिष्ट व्यवहार र आचरण अनुसारको अनुरोधलाई बेवास्ता गरी बन्द, हड्तालमा उत्रिन बाध्य बनाएको समेत जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ३६ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको