१७ असार २०८३, बुधबार | July 1, 2026

निर्वाचन आचारसंहिता आजबाट हट्यो



काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागु नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलका अनुसार अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।

निर्वाचन आचारसंहिता गत १२ असोजदेखि मुलुकभर लागु गरिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ३५ बजे

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी