७ आश्विन २०८३, बुधबार | September 23, 2026

अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त



लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको आमनेसामनेले “दुवै पक्षका सेनालाई  सामान्य चोटपटक“ लागेको  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।

यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो ।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा-हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।
 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज