३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

प्रदेश-१ सरकारले द्वन्द्वकाल र जनआन्दोलनका शहीदका परिवारलाई १ लाख दिने



काठमाडौं । प्रदेश नम्बर १ सरकारले १० वर्षे सशस्त्र द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाती आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रुपैयाँ दिन लागेको हो ।

चालु आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् । सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : १२ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ