२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

पोखरा ल्याण्डफिल स्थानान्तरण : ४ वर्षसम्म चुपचाप, अहिले दौडधुप



पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट नहटाउँदा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा समस्या देखिने भएको छ । सरकारले निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ तारिखदेखि सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले उद्घाटनको तयारी पनि गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने घोषणा भइसक्दा पोखराको ल्याण्डफिल साइटका कारण समस्या उत्पन्न भएको छ । विमानस्थलको उडान रुपमा पर्ने पोखरा १४ को ल्याण्डफिल अन्तर्राष्ट्रिय उडान हुनुअघि नै सार्नुपर्ने सर्त छ ।

४ वर्षअघिदेखि ल्याण्डफिल सार्न विमानस्थल आयोजनाले पटक(पटक पत्राचार गर्दासमेत महानगरले वास्ता गरेन । ल्याण्डफिलकै कारण विमानस्थल सन्चालनमा समस्या आउने विमानस्थलका प्रवक्ता अनुप जोशी बताउँछन् ।

‘ल्याण्डफिल उडान अघि नै सार्नुपर्छ । तर महानगरको चासो पुगेन । अहिले फोहोर फाल्ने ल्याण्डफिलबाट चराहरुको जोखिम बढी छ,’ उनले भने, ‘हामी जसरी पनि जनवरी १ मा विमान उडाउने तयारीमा छौं । बैकल्पिक उपायको खोजी भइरहेको छ ।’

विज्ञका अनुसार ल्यान्डफिल साइटमा १ सय ८ प्रजातिका चरा दैनिक घुमिरहन्छन् । जहाजलाई उनै चराहरूको जोखिम हुन्छ । चरालाई अन्यत्र विस्थापित गर्न कम्तीमा ६ महिना लाग्छ । तर, २० दिनमात्र बाँकी हुँदा पनि महानगरले फोहर फाल्न छाडेको छैन ।

गत मंसिर १८ गतेदेखि बाच्छेबुडुवामा फोहोर नफाल्ने निर्णय गरेको महानगरले अन्यत्र फोहोर फाल्ने ठाउँ नपाएपछि अहिले पनि सोही ठाउँमा थुपारिरहेको छ । मेयर धनराज आचार्य आगामी शनिबारदेखि त्यहाँ फोहोर नफाल्ने दाबी गर्छन् । ‘सम्भवतः शनिबारदेखि त्यहाँ फोहोर लैजान छोड्छौं । हामी तत्कालका लागि डम्प गरेर राख्छौं,’ उनले भने, ‘अल्पकालीन योजना अनुसार ४ ठाउँमा फोहोर थुपारेर डम्प गर्छौं । त्यसपछि विशेष प्लाण्ट नै सन्चालन गर्ने तयारी छ ।’ केही दिनमै राजनीतिक दल र सरोकारवालासँग अन्तरक्रिया गर्ने उनले सुनाए ।

अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर उत्सर्जन हुन्छ । अधिकांश फोहोर ल्याण्डफिलमा लगेर थुपारिन्छ । ल्याण्डफिल साइट नहटाएपछि विमानस्थल आयोजनाले बाँदर थपाउने यन्त्र ल्याएर चरा लखेट्ने तयारी गरेको छ । पूरानो विमानस्थलको यन्त्र लगेर राखिएको आयोजनाले जनाएको छ ।

पोखराले केही समयदेखि ल्याण्डफिल सार्न विभिन्न वडामा जग्गा हेरेको छ । तर, जुन वडामा गयो, त्यही विरोध हुन्छ । स्थानीय उल्टिएर विरोध गर्छन् । २ वर्षअघि पोखरा १६ र २० को सीमानामा फाल्ने निर्णय गरेपछि स्थानीयले विरोध गरे । महानगर आफ्नै निर्णयबाट पछि हट्यो ।

त्यसपछि पोखरा ३३ लाई प्रश्ताव गरियो । स्थानीयले विरोध गरे । २२ नम्बर वडामा फाल्न जग्गा खरिद गर्ने तयारी थियो । त्यहाँ पनि विरोध भयो । स्थानीयले सर्वदलीय बैठक बसेर कुनै हालतमा आफनो वडामा फोहोर ल्याउन नदिने निर्णय गरे । अहिले पोखराले फोहोर कहाँ राख्ने भन्ने समस्या सुरु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : ०८ बजे

सातु र सर्वत बितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया

बुटवल । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ

काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा