३० असार २०८३, मंगलबार | July 14, 2026

पोखरा ल्याण्डफिल स्थानान्तरण : ४ वर्षसम्म चुपचाप, अहिले दौडधुप



पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल साइट नहटाउँदा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा समस्या देखिने भएको छ । सरकारले निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ तारिखदेखि सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले उद्घाटनको तयारी पनि गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने घोषणा भइसक्दा पोखराको ल्याण्डफिल साइटका कारण समस्या उत्पन्न भएको छ । विमानस्थलको उडान रुपमा पर्ने पोखरा १४ को ल्याण्डफिल अन्तर्राष्ट्रिय उडान हुनुअघि नै सार्नुपर्ने सर्त छ ।

४ वर्षअघिदेखि ल्याण्डफिल सार्न विमानस्थल आयोजनाले पटक(पटक पत्राचार गर्दासमेत महानगरले वास्ता गरेन । ल्याण्डफिलकै कारण विमानस्थल सन्चालनमा समस्या आउने विमानस्थलका प्रवक्ता अनुप जोशी बताउँछन् ।

‘ल्याण्डफिल उडान अघि नै सार्नुपर्छ । तर महानगरको चासो पुगेन । अहिले फोहोर फाल्ने ल्याण्डफिलबाट चराहरुको जोखिम बढी छ,’ उनले भने, ‘हामी जसरी पनि जनवरी १ मा विमान उडाउने तयारीमा छौं । बैकल्पिक उपायको खोजी भइरहेको छ ।’

विज्ञका अनुसार ल्यान्डफिल साइटमा १ सय ८ प्रजातिका चरा दैनिक घुमिरहन्छन् । जहाजलाई उनै चराहरूको जोखिम हुन्छ । चरालाई अन्यत्र विस्थापित गर्न कम्तीमा ६ महिना लाग्छ । तर, २० दिनमात्र बाँकी हुँदा पनि महानगरले फोहर फाल्न छाडेको छैन ।

गत मंसिर १८ गतेदेखि बाच्छेबुडुवामा फोहोर नफाल्ने निर्णय गरेको महानगरले अन्यत्र फोहोर फाल्ने ठाउँ नपाएपछि अहिले पनि सोही ठाउँमा थुपारिरहेको छ । मेयर धनराज आचार्य आगामी शनिबारदेखि त्यहाँ फोहोर नफाल्ने दाबी गर्छन् । ‘सम्भवतः शनिबारदेखि त्यहाँ फोहोर लैजान छोड्छौं । हामी तत्कालका लागि डम्प गरेर राख्छौं,’ उनले भने, ‘अल्पकालीन योजना अनुसार ४ ठाउँमा फोहोर थुपारेर डम्प गर्छौं । त्यसपछि विशेष प्लाण्ट नै सन्चालन गर्ने तयारी छ ।’ केही दिनमै राजनीतिक दल र सरोकारवालासँग अन्तरक्रिया गर्ने उनले सुनाए ।

अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर उत्सर्जन हुन्छ । अधिकांश फोहोर ल्याण्डफिलमा लगेर थुपारिन्छ । ल्याण्डफिल साइट नहटाएपछि विमानस्थल आयोजनाले बाँदर थपाउने यन्त्र ल्याएर चरा लखेट्ने तयारी गरेको छ । पूरानो विमानस्थलको यन्त्र लगेर राखिएको आयोजनाले जनाएको छ ।

पोखराले केही समयदेखि ल्याण्डफिल सार्न विभिन्न वडामा जग्गा हेरेको छ । तर, जुन वडामा गयो, त्यही विरोध हुन्छ । स्थानीय उल्टिएर विरोध गर्छन् । २ वर्षअघि पोखरा १६ र २० को सीमानामा फाल्ने निर्णय गरेपछि स्थानीयले विरोध गरे । महानगर आफ्नै निर्णयबाट पछि हट्यो ।

त्यसपछि पोखरा ३३ लाई प्रश्ताव गरियो । स्थानीयले विरोध गरे । २२ नम्बर वडामा फाल्न जग्गा खरिद गर्ने तयारी थियो । त्यहाँ पनि विरोध भयो । स्थानीयले सर्वदलीय बैठक बसेर कुनै हालतमा आफनो वडामा फोहोर ल्याउन नदिने निर्णय गरे । अहिले पोखराले फोहोर कहाँ राख्ने भन्ने समस्या सुरु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : ०८ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन