२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अवैध मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ



महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करिब नौ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो ।

बीआ।०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : १२ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन