१ भदौ २०८३, सोमबार | August 17, 2026

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



महेन्द्रनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका-९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जानकारी दिए ।

“दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।”

प्रहरी निरीक्षक गिरीले भने, “प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।” प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ११ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको