१४ बैशाख २०८३, सोमबार | April 28, 2026

एन प्याब्सन वकतृत्वकलाको उपाधि देवदह बोर्डिङलाई



बुटवल । एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा पाण्डेले उपाधि जितेकी हुन ।

निजी लगानीका विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण विषयमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा जिल्लाका डेढ दर्जन प्रतिस्पर्धा बिद्यार्थीलाई पछी पार्दै पाण्डेले नगद ५ हजारसहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी हुन ।

यस्तै प्रतियोगितामा न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर द्वितीय भए । उनले नगद ३ हजार ५ सय नगदसहित शिल्ड तथा प्रमाणपत्र हात पारे । त्यसैगरी प्रतियोगितामा ग्लोरी ईङलिस बोडिङ्ग स्कुलका सृष्टि भण्डारी तृतिय र ग्यालेक्सी ईङलिस बोडिङ्ग स्कुलका स्वीकृती पाण्डेले प्रोत्साहन पुरस्कार हात परे । उनीहरुले क्रमश दुईदुई हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै लुम्विनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरीले गुणस्तरीय शिक्षाले मात्र देशको विकास हुने बताए । उनले शिक्षाको विकासको लागि आफुले प्रदेश सभामा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सांसद चौधरीले शिक्षाको विकास विना कुनैपनि क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउदै शिक्षाको विकासमा नीजि क्षेत्रको अह्म भूमिका रहेको बताए । उनले शिक्षामा नीजि क्षेत्रले गरेको लगानी संरक्षण गर्ने दायित्व सरकारको रहेको बताए । उनले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेपनि प्रतिफल भने आउन नसकेकोमा जोड दिए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल रुपन्देहीका अध्यक्ष पुरुषोत्तम वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याप्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रिय सदस्यद्वय विष्णुप्रसाद पौडेल, देउप्रकाश राई, लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना लगायतले नीजि विद्यालय र सामुदायिक विद्यालयलाई राज्यले समान दृष्टिकोणले हेर्न नसकेको बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल रुपन्देहीका सचिव अमरनाथ पाठकको संचालनमा भएको कार्यक्रममा कविराज पौडेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ३० बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११