९ श्रावण २०८३, शनिबार | July 25, 2026

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया



प्योङयाङ । उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।

उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) सहित ठूलो संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो । गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताएका थिए । उनले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : २७ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा