१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मुगुका बाढीपहिरो पीडितलाई राहत वितरण



सुर्खेत । मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित १ सय ८ जनालाई राहतसँगै सरसफाई सामग्री वितरण गरिएको हो ।

सिबि एम नेपालको आर्थिक सहयोग तथा आई एन एफ नेपाल मुगुको आयोजनमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४, ६, ७, १०, १२ का १ सय ८ जनालाई राहत सामग्री २५ केजी चामल, दुई केजी दाल, दुई केजी चिनी, नुन एक केजी, स्वयाविन एक केजी, मसाला ८ं० ग्राम लगायत आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको सहयोगी संस्था आई एन एफ नेपाल मुगुले जनाएको छ ।

यसैबीच बाढीपहिरो पीडितलाई सरसफाई सामग्री साबुन, काईयो, निलकटर, ऐनालगायत वितरण गरिएको छ । साथै २३ जना अति विपन्न पहिरो पीडित बालबालीकाको शैक्षिक सुधारका निम्ती शैक्षिक सामग्री पनि वितरण गरिएको आई एन एफ नेपाल मुगुका परियोजना अधिकृत अर्पिताता कार्कीले बताइन् ।

उनका अनुसार छायाँनाथ रारा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले पहिरो पीडितका तथ्यांकको आधारमा घर गुमाएका अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत छायाँनाथ रारा नगरपालिकामा मात्र नभई सोरु गाउँपालिकामा पनि पहिरो पीडित ६० जना लाई र खत्याड गाउँपालिकामा ६८ जनालाई सहयोग गरिने परियोजना अधिकृत कार्कीको भनाई छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाकाका प्रमुख विष्णुकुमार भामको उपस्थितीमा नगरपालिकाभित्रका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । साथै, अन्य गाउँपालिकामा पनि गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गरिने बताइएको छ । १७ लाख बराबरको खाद्यान्न, सरसफाई सामग्री र शैक्षिक सामग्री पहिरो पीडितलाई सहयोग गरिने आई एन एफ नेपाल मुगुले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ५८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’