२० मंसिर २०८२, शनिबार | December 6, 2025

मुगुका बाढीपहिरो पीडितलाई राहत वितरण



सुर्खेत । मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित १ सय ८ जनालाई राहतसँगै सरसफाई सामग्री वितरण गरिएको हो ।

सिबि एम नेपालको आर्थिक सहयोग तथा आई एन एफ नेपाल मुगुको आयोजनमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४, ६, ७, १०, १२ का १ सय ८ जनालाई राहत सामग्री २५ केजी चामल, दुई केजी दाल, दुई केजी चिनी, नुन एक केजी, स्वयाविन एक केजी, मसाला ८ं० ग्राम लगायत आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको सहयोगी संस्था आई एन एफ नेपाल मुगुले जनाएको छ ।

यसैबीच बाढीपहिरो पीडितलाई सरसफाई सामग्री साबुन, काईयो, निलकटर, ऐनालगायत वितरण गरिएको छ । साथै २३ जना अति विपन्न पहिरो पीडित बालबालीकाको शैक्षिक सुधारका निम्ती शैक्षिक सामग्री पनि वितरण गरिएको आई एन एफ नेपाल मुगुका परियोजना अधिकृत अर्पिताता कार्कीले बताइन् ।

उनका अनुसार छायाँनाथ रारा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले पहिरो पीडितका तथ्यांकको आधारमा घर गुमाएका अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत छायाँनाथ रारा नगरपालिकामा मात्र नभई सोरु गाउँपालिकामा पनि पहिरो पीडित ६० जना लाई र खत्याड गाउँपालिकामा ६८ जनालाई सहयोग गरिने परियोजना अधिकृत कार्कीको भनाई छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाकाका प्रमुख विष्णुकुमार भामको उपस्थितीमा नगरपालिकाभित्रका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । साथै, अन्य गाउँपालिकामा पनि गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गरिने बताइएको छ । १७ लाख बराबरको खाद्यान्न, सरसफाई सामग्री र शैक्षिक सामग्री पहिरो पीडितलाई सहयोग गरिने आई एन एफ नेपाल मुगुले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ५८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय