३० भदौ २०८३, मंगलबार | September 16, 2026

मोरक्कोलाई २-० मा हराउँदै फ्रान्स फेरि विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश

उपाधिका लागि अर्जेन्टिनासँग भिडन्त हुने



काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० ले हराउँदै साविक विजेता लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।

खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् ।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि एक गोल नै थप्यो । ७९ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सको अग्रतालाई २-० मा पुर्‍याएका थिए ।

जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।

यसअघि विश्वकपको इतिहासमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक विश्वकपको फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।

हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । इटालीले सन् १९३४ र १९३८ को गरि लगातार दुई उपाधि जित्दा ब्राजिलले १९५८ र १९६२ को विश्वकपको उपाधि जितेको थियो ।

जारी विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यसअघि अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसिलाई ३-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनल प्रवेशका क्रममा फ्रान्सले इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दा मोरक्कोले अन्तिम आठको खेलमा पोर्चुगलको चुनौती पन्छाएको थियो ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिका महादेशको पहिलो राष्ट्र हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : ५७ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज