२२ मंसिर २०८२, सोमबार | December 8, 2025

मोरक्कोलाई २-० मा हराउँदै फ्रान्स फेरि विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश

उपाधिका लागि अर्जेन्टिनासँग भिडन्त हुने



काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० ले हराउँदै साविक विजेता लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।

खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् ।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि एक गोल नै थप्यो । ७९ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सको अग्रतालाई २-० मा पुर्‍याएका थिए ।

जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।

यसअघि विश्वकपको इतिहासमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक विश्वकपको फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।

हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । इटालीले सन् १९३४ र १९३८ को गरि लगातार दुई उपाधि जित्दा ब्राजिलले १९५८ र १९६२ को विश्वकपको उपाधि जितेको थियो ।

जारी विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यसअघि अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसिलाई ३-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनल प्रवेशका क्रममा फ्रान्सले इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दा मोरक्कोले अन्तिम आठको खेलमा पोर्चुगलको चुनौती पन्छाएको थियो ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिका महादेशको पहिलो राष्ट्र हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : ५७ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई