२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पराजयपछि हिंसामा उत्रिए मोरक्कोका प्रशंसक



रवत । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् ।

फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन् ।

तिनीहरूमध्ये एकले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । मोरक्कोका फ्यानहरूले फ्रान्सको फाइनलमा छनोट भएको उत्सव मनाउनेहरूलाई वस्तुहरू फ्याँकेका थिए ।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका जनसंख्याको बाहुल्यता छ । भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो । तेस्रोका लागि शनिबार मोरक्कोले क्रोयसियाको सामना गर्दै छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : ४१ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती