१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलमा दोस्रो कालिका जिल्ला स्तरिय रनिङ शिल्ड २०७९ शुरु

शैक्षिक कर्मका लागि जन्मेका व्यक्तित्व घनश्याम पाठक : सदस्यसचिव घिसिङ



बुटवल । दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको रनिङशिल्ड प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको बताए ।

आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय खेलकुदसहित धेरै खेलकुल प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उनले उमेर समुहका खेलाडीहरुलाई अवसर दिने रुपमा कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उनले बताए । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरि घनश्याम पाठक जस्ता ब्यक्तिको जन्म हुने उनले बताए ।

कार्यक्रमको उदघाटनसत्रमा विद्यालयका कृतिमानी खेलाडी सलिम देवानले टर्च लाईट प्रदर्शन गरेका थिए भने खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरेका थिए ।

यसैबिच विद्यालयले वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र १२ औ राष्ट्रपति रनिङशिल्डमा विभिन्न विद्यामा पदक जित्ने खेलाडीहरुलाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको थियो ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, मदनभण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, वडा नं १० का वडाअध्यक्ष बलु पुन लगायतले एथलेटिक्समा लङजम्प विद्यामा राष्ट्रिय कृतिमानसहित पदक विजेता सलिम देवान, कबड्डी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औ राष्ट्रपति रनिङशिल्डमा कबड्डीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाईएको बताए ।

प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताए ।

बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको बताए । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उनले बताए ।

प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने बताए । थापाका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ४१ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार