३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

भारतीय जनता पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने



काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोको पछिल्लो बयानप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा) ले आज शनिबार देशव्यापी विरोध प्रदर्शन गर्नेभएको छ । विरोधका क्रममा विदेशमन्त्री भुट्टोको पुतला दहन गरिने जनाइएको छ

प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा पाकिस्तानी विदेशमन्त्री भुट्टोले आफ्नो अभिव्यक्ति दिएको सो दलले आरोप लगाएको छ । भाजपाले भनेको छ, “पाकिस्तानी विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति लाजमर्दो र निन्दनीय छ ।” भाजपा कार्यकर्ताहरुले अभिव्यक्तिको विरोधमा शुक्रबार पनि प्रदर्शन गरेका थिए । आज भारतका सबै राज्यका मुख्य शहरमा प्रदर्शन गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भाजपाले विदेशमन्त्री भुट्टोको पछिल्लो अभिव्यक्ति हतास मानसिकताको उपज भएको जनाएको छ । पाकिस्तानको सम्बन्ध विश्व राजनीतिसँग विग्रदै गएको र त्यहाँ आतंकवादीको गढ बन्दैगएको भन्दै त्यस्तो अभिव्यक्ति नदिन पनि सचेत गराएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सम्बन्ध विश्वका सबै देशबाट बनिरहेका बेला हतास भएर पाकिस्तानी विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको भाजपाले टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालयले पनि अभिव्यक्तिको विरोध गरेको छ । पाकिस्तानलाई आफ्नो मानसिकता बदल्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : १६ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा