६ पुस २०८२, आइतबार | December 21, 2025

सहकारीहरुमा संकट आउन नदिन अनुगमनको खाँचो : पुर्वमन्त्री श्रेष्ठ



बुटवल । बुटवल सख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेकोमा रजत महोत्सव मनाएको छ । सहकारीले सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मुल समारोहका साथ शनिबार मनाएको हो ।

रजत महोत्सव मुल समारोहको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले गरिवी निवारणमा शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले गरिवी निवारणका लागि सहकारी लगायतका वित्तीय संस्थाहरुले पनि विभिन्न कार्यक्रम तथा योजना ल्याएर ति कार्यक्रमलाई सहयोग गर्नु पर्ने बताए । उनले धेरै सदस्यलाई गोलवद्ध बनाएर सदस्यको आर्थिकोपार्जनमा इन्द्रेणी लगायतका सहकारीले खेलेको भुमिका महत्वपुर्ण भएको बताउदै सहकारीहरुमा नीतिगत संकट आउन नदिन अनुगमन र नियमनको पाटोलाई निगरानी गर्न आवश्यक रहेको सुझाव दिए ।

इन्द्रेणी अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेल सहकारीलाई जोखिमको अवस्थाबाट बाहिर निकाल्नका लागि प्रदेशले विभिन्न खाले कार्यक्रमहरु ल्याउन लागेको बताए । उनले सहकारीलाई नीतिगत रुपमा संचालन गर्नका लागि आवश्यक कार्यविधी कार्यान्वयनको बाटोमा रहेको बताए । कार्यक्रममा कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, धनकोष सहकारीका अध्यक्ष तारानाथ कंडेल, इन्द्रेणी सहकारीका संरक्षक बाबुराम राना, भुपाल कुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष मित्रबहादुर शाक्य, पुर्व अध्यक्ष शिवलाल राना, सल्लाहकार डम्बरदेव अर्याल, उपाध्यक्ष कृष्णप्रसाद अर्याल, लेखा संयोजक मोहनप्रसाद भण्डारी, सदस्य गोविन्द ज्ञवाली, अमृता अर्याल लगायतले शुभकामना मन्तब्य राख्दै सहकारीलाई नीतिगत संचालनका लागि सुझाव दिएका थिए । रजत महोत्वको अवसरमा सहकारीले विभिन्न विधामा आफ्ना सदस्यलाई सम्मान गरेको छ । सहकारीले संस्थापक सदस्य तथा पदाधिकारी, उत्कृष्ट अंक ल्याउने तथा विभिन्न संकायमा उत्कृष्टता हासिल गर्ने शेयर सदस्यका चार जना विद्यार्थी, दुई जेष्ठ सदस्य लगायतलाई सम्मान गरिएको सचिव माया गौतमले जानकारी दिए । सोही अवसरमा इन्द्रेणी सहकारी सन्देश नामक स्मारिक समेत विमोचन गरिएको थियो । दुई हजार दुई सयबढी सदस्यहरु रहेको संस्थाको ४१ करोड २० लाख निक्षेप, १० करोड ३४ लाख ९८ हजार शेयर र ५० करोड ३२ लाख ३५ हजार कर्जा रहेको कोषाध्यक्ष नरबहादुर श्रीसले जानकारी दिनुभयो । संस्थाले रजत महोत्सवका अवसर पारेर रक्तदान कार्यक्रम, सहकारी शिक्षा अन्तरकृया, सहकारी वक्तृत्वकला, जीवन उपयोगि सीप लगायतका कार्यक्रमहरु गरेको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ११ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको