३० भदौ २०८३, मंगलबार | September 16, 2026

विश्वकप फुटबल-२०२२ : दोस्रोपटक क्रोएसियालाई तेस्रो स्थान



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल-२०२२ मा क्रोएसियाले दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ ।

गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २-१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो ।

शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुनसकेन । क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​

मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो । पहिलोपटक सेमिफाइनल पुग्ने अफ्रिकी टोलीको इतिहास रचेको मोरक्को फ्रान्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ५० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज