३ माघ २०८२, शनिबार | January 17, 2026

राजविराजमा जगन्नाथ रथयात्रा


३ पुस २०७९, आइतबार  

221
Shares

राजविराज । शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका-७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो ।

रथयात्रामा प्राचार्यका साथै श्रद्धालु-भक्तले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए । राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा राखिएको भगवान् विष्णुको आठौं अवतार मानिने श्रीकृष्ण, उनका दाजु बलभद्र र बहिनी शुभद्राको मूर्ति दर्शन गर्न र रथको डोरी तान्न श्रद्धालुहरूको भीड लागेको थियो ।

रथायात्राका लागि धरान र विराटनगरको एस्कोन, श्री राधा-कृष्ण भक्तिभावना अमृत सङ्घलगायत आध्यात्मिक संस्थाको सहकार्य रहेको थियो । रथयात्रामा सहभागीलाई राजविराजका स्थानीय व्यापारी एवं समाजसेवीले फलफूल, पानी र जुस वितरण गरेका थिए ।

उडिसाको पुरीमा रहेको जगन्नाथ मन्दिर भारतको चारधाममध्ये एक धाम हो । रथयात्रामा सामेल हुनेलाई सय यज्ञ गरे समान फल मिल्ने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कृष्ण भक्तिका लागि प्रचार–प्रसार गर्ने एस्कोन कृष्णको भक्ति गर्ने विश्वकै सबैभन्दा ठूलो सङ्गठन रहेको स्थानीय शैलेसमोहन झाले बताए । एस्कोन मन्दिरको स्थापना श्रीमूर्ति श्री अभय चराणबिन्द भक्ति बेदान्तर स्वामी प्रभुपादजी सन् १९६६ मा न्यूयोर्क सहरमा गरेका थिए । एस्कोनले विश्वमा गीता र हिन्दू धर्म एवं हिन्दू संस्कृतिको प्रचार–प्रसार गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ५३ बजे

प्रतिनिधिसभाको उम्मेदवार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यका

एमालेको सचिवालय बैठक बस्दै, प्रत्यक्ष उम्मेदवार टुंग्याउँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निर्वाचन आयोगले मान्यता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली

कालिका मानवज्ञान मावि व्यवस्थापन समितिको अध्यक्षमा नित्यानन्द ज्ञवाली पुनः सर्वसम्मत चयन

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय