६ श्रावण २०८३, बुधबार | July 22, 2026

पर्यटन परिषद र नाथमबीच सम्झौता, लुम्बिनी प्रदेशको पर्यटनमा टेवा पुग्ने



बुटवल । पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमका बिच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परिषदले आफनो वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार ब्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरु चलाउदै आएका छन ।

लुम्बिनी प्रदेशका पर्यटन ब्यवसायीहरुको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरि संचालन गर्ने तयारीमा रहेको परिषदका कार्यकारी निर्देशक रामु जोशीले बताए । नाथम र परिषदबाट ब्यवसायको गुणस्तर विधि, स्थानिय रुपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन ब्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको काम समेत गर्ने उनले बताए ।

पुस महिनामा रुपन्देही, बर्दिया, बाँके र पाल्पा जिल्लामा पर्यटन ब्यवसायलाई लक्षित गरि तालिम संचालन गर्ने तथा थप कार्यक्रमहरु तय भएको जानकारी दिँदै उनले प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिईने बताए ।

लुम्बिनी प्रदेश सरकारबाट पर्यटन ब्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गरि लुम्बिनी प्रदेशलाई एक आर्कषक पर्यटनस्थलको रुपमा विकसित गर्न, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पर्यटकीय गन्त्ब्यहरु परिचित गराउने उद्येश्यका साथ परिषद गठन गरि संचालनमा ल्याएका छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४२ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा