११ श्रावण २०८३, सोमबार | July 27, 2026

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा



नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३’ को तयारी पूरा भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा हुन लागेको उक्त फेस्टिबलको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । आज साँझ कार्यक्रमस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिभलको तयारीबारे जानकारी दिइएको हो ।

फेस्टिबल वैशाख ११ गतेदेखि १३ गतेसम्म नेपालगन्जको सुर्खेत रोडस्थित वाटरपार्क क्षेत्रमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले नेपालगन्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य राखेर फेस्टिबलको आयोजना गरिएको बताए ।

होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनालले फेस्टिबलमा स्ट्रीट फुडदेखि पाँच तारे होटलका विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइने जानकारी दिए । भारतीय नागरिकलाई निशुल्क र नेपालीलाई न्यनतम शुल्कका फेस्टिवल अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

स्थानीय तथा आधुनिक खानाका परिकारसँगै पेय पदार्थ, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको होटल संघका उपाध्यक्ष केशव न्यौपानेले बताए ।

आयोजकका अनुसार कार्यक्रममा करिब ४० वटा स्टल रहनेछन् । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ । कार्यक्रमको व्यवस्थापनका लागि मूल समिति र उपसमितिहरू सक्रिय रूपमा खटिएको जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : ०९ बजे

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको