१५ असार २०८३, सोमबार | June 30, 2026

दोस्रो कालिका रनिङ शिल्ड जारी, एथ्लेटिक्स र भलिबल सम्पन्न



बुटवल । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तरगत आईतबार एथ्लेटिक्स, भलिबल र कबडीका खेलहरु सम्पन्न भएका छन ।

प्रतियोगिताको तेस्रो दिन कालिकाका सलिम देवानले एक सय मिटर दौडमा एक स्वर्ण थपेका छन । छात्र १ सय मिटर दौडमा देवानले ११.०८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका हुन । खेलमा कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलका दिलराज कुवर ११.४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिका शुशिल चौधरी ११.८४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

यसैगरि छात्रातर्फको एक सय मिटर दौडमा रामापुर माबिकी पवित्रा बिकले १४.१७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेकी छिन । कुवरवर्ती ईगलिस बोर्डिङ स्कुलकी रोजी थापाले १४.३८ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी ऐश्वर्या बमरेलले १४.६५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।

छात्र सटपुटतर्फ कालिका माबिका धर्मराज धवलले १०.४२ मिटर दुरी छेलो फाल्दै स्वर्ण हात पारे । न्यु होराईजनका सचिन चौधरीले १०.२६ मिटर फाल्दै दोस्रो तथा मणिमुकुन्दका सुमित सुनार १०.०२ मिटर छेलो फाल्दै तेस्रो भएका छन ।

छात्रा सटपुटमा एभरेष्ट इगलिस बोर्डिङ स्कुलकी अनुषा चौधरीले स्वर्ण हात पारेकी छिन । उनले ८.५७ मिटर दुरी छेलो फयाल्दै स्वर्ण हात पारिन । यसैगरि टिकुलीगढ माबिकी सिमा केवट ७.१० मिटर छेलो फयाल्दै दोस्रो तथा न्यु होराईजनकी बिष्णु सोमरे मगरले ६.९८ मिटर दुरी छेलो फाल्दै तेस्रो भएकी छिन ।

छात्र भलिबलतर्फ अन्तिम १६ को टुगो लागेको छ । सोमबार अन्तिम आठका लागि देवदह र एमएमसी, कोलिया र दीप, ज्ञानोदय र उजिरसिह, इडेन र न्यु भिजन, होराईजन इबोस्कुल र होराईजन जिबिएस, सिता माबि र कालिका मानव ज्ञानका बिचमा खेलहरु हुनेछन ।

यसैगरि छात्रा भलिबलतर्फ सोमबार एभरेष्ट र होराईजन बिच फाईनल खेल हुने छ भने नवज्योती र दीप बोर्डिङ स्कुलका बिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

यसैगरि छात्रा कबठ्ठीको सेमीफाईनल खेलहरु सोमबार हुनेछन । पहिलो सेमीफाईनलमा कालिका माबि र होराईजन जिबिएस तथा होराईजन इ बो स्कुल र जनज्योती माबिका बिचमा खेल हुनेछ ।

 

 

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै