१५ माघ २०८२, बिहिबार | January 29, 2026

गण्डकी कांग्रेसको निर्णयः आफ्नै नेतृत्वमा प्रदेश सरकार



पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘गठबन्धनभित्र ठूलो पार्टीको रुपमा कांग्रेस छ । उसैको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘अब छिट्टै पदाधिकारी बैठक बस्छौं । बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाउँछ ।’

संसदीय दलको नेता भने सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । ‘सर्वसम्मतको प्रयास गर्छौं । निर्वाचित भएर आएपछि सबै सांसद दलको नेता बन्न योग्य हुुनुहुन्छ,’ उनले भने, ‘उहाँहरुको इच्छालाई स्वभाविक लिँदै सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं । हामी चुनाव गराएर दुई धार बनाउने तिर लाग्दैनौं ।’ बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन सबै जिल्लालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बसेको बैठकले गठबन्धन र कांग्रेसलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिएको छ । गण्डकीमा १८ जना प्रत्यक्ष र ९ जना समानुपातिक सहित २७ जना सांसद कांग्रेसले जितेको छ । यस्तै माओवादीले ५ जना प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सीट जितेको छ । कांग्रेस र माओवादीको गठजोडले यहाँ सजिलै सरकार बन्न सक्छ ।

सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासन विपरित काम गर्नेलाई प्राप्त प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको सभापति शर्माले बताए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : १० बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको