२९ भदौ २०८३, सोमबार | September 15, 2026

गण्डकी कांग्रेसको निर्णयः आफ्नै नेतृत्वमा प्रदेश सरकार



पोखरा । गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘गठबन्धनभित्र ठूलो पार्टीको रुपमा कांग्रेस छ । उसैको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘अब छिट्टै पदाधिकारी बैठक बस्छौं । बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाउँछ ।’

संसदीय दलको नेता भने सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । ‘सर्वसम्मतको प्रयास गर्छौं । निर्वाचित भएर आएपछि सबै सांसद दलको नेता बन्न योग्य हुुनुहुन्छ,’ उनले भने, ‘उहाँहरुको इच्छालाई स्वभाविक लिँदै सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं । हामी चुनाव गराएर दुई धार बनाउने तिर लाग्दैनौं ।’ बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन सबै जिल्लालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा बसेको बैठकले गठबन्धन र कांग्रेसलाई मतदान गरेकोमा मतदातालाई धन्यवाद दिएको छ । गण्डकीमा १८ जना प्रत्यक्ष र ९ जना समानुपातिक सहित २७ जना सांसद कांग्रेसले जितेको छ । यस्तै माओवादीले ५ जना प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सीट जितेको छ । कांग्रेस र माओवादीको गठजोडले यहाँ सजिलै सरकार बन्न सक्छ ।

सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासन विपरित काम गर्नेलाई प्राप्त प्रतिवेदनका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको सभापति शर्माले बताए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : १० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ