४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कांग्रेसले गण्डकीमा दलको नेता १२ गते छान्ने, निर्वाचन समिति गठन



पोखरा । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।

संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानूनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।

त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ ।

समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् ।

सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रबार देखि नै सुरु भएको छ ।

यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दावेदार ठानिएको छ । यद्यपी सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दावेदार छन् ।

संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दावेदार हुन् । अर्का नेता महेन्द्रध्वज जिसीको पनि दावी छ । यद्यपी निर्वाचनमै गए दुईजना मात्रै प्रतिश्पर्धी हुने बताइन्छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २६ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि