१० असार २०८३, बुधबार | June 24, 2026

मधुमेह, मृगौला र उच्च रक्तचापको न्युन शुल्कमा परिक्षणसंगै परामर्श



बुटवल । मधुमेह, मृगौला र उच्चरक्त चापबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलमा दुई दिने परिक्षण तथा परामर्श कार्यक्रम गरिएको छ ।

‘स्वस्थ्य शरिर, स्वस्थ्य परिवार अनि मात्र स्वस्थ्य समाज’ भन्ने नारासहित श्री नेवा सेवा समितिको आयोजना, केन डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोग, जनकलाल हेल्थ फाउन्डेसनको सहकार्यमा मधुमेह, मृगौला र उच्च रक्तचापको रक्त र पिसाब परिक्षण, परामर्श कार्यक्रम गरिएको हो ।

एक कार्यक्रमका बिच वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बिरामीलाई परिक्षण कार्ड बितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै नसर्ने तर जटिलत रोगहरु दीर्घ रुपमा समस्या बन्द गएको बताए । यसको रोकथाममा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवारी भाषा, संस्कृति, संस्कारको जगेर्ना, संरक्षणसंगै सामाजिक चेतनाका अभियानमा लागेको बताए । प्रत्येक ब्यक्तिले ५० रुपैया तिरेर आफनो मधुमेह, मृगौला र उच्च रक्तचापको अवस्थाबारे जानकारी र त्यसबाट बच्न के कस्ता उपाय अप्नाउने भन्ने परामर्शहरु दिईने उनले बताए ।

कार्यक्रममा केन डाईबेटिज एण्ड थाईराईड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले मधुमेह, मृगौला र रक्तचापको परिक्षण गरि अवस्था पहिचान गर्न आग्रह गरे । हरेकको घरघरमा दिर्घरोग भित्रिएको भन्दै यसको ब्यवस्थापन चुनौती बन्दै गएको उनले बताए । रोग लागेर ठूलो खर्च गर्नभन्दा रोगबाट बच्ने अभियानलाई तीन तहको सरकारले जोड दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, माझगाउ टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर थापा श्रीष, पवित्रानगर टोल समितिका अध्यक्ष गंगा बहादुर थापा, समितिका सल्लाहकार विष्णु श्रेष्ठ, उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले नेपालीहरुको खानपिन, आहारबिहारमा गलत बानी ब्यवहारका कारण नै रोग भित्रीरहेको भन्दै रोगको उपचारसंगै सहि ब्यवस्थापन गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने शिविरमा स्थानिय ३ सय ५० बढीले सेवा लिने समितिका सचिव सारदा श्रेष्ठले बताईन ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : २५ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा