१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधुमेह, मृगौला र उच्च रक्तचापको न्युन शुल्कमा परिक्षणसंगै परामर्श



बुटवल । मधुमेह, मृगौला र उच्चरक्त चापबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलमा दुई दिने परिक्षण तथा परामर्श कार्यक्रम गरिएको छ ।

‘स्वस्थ्य शरिर, स्वस्थ्य परिवार अनि मात्र स्वस्थ्य समाज’ भन्ने नारासहित श्री नेवा सेवा समितिको आयोजना, केन डाईबेटिज एण्ड थाईराइड सेन्टरको प्राविधिक सहयोग, जनकलाल हेल्थ फाउन्डेसनको सहकार्यमा मधुमेह, मृगौला र उच्च रक्तचापको रक्त र पिसाब परिक्षण, परामर्श कार्यक्रम गरिएको हो ।

एक कार्यक्रमका बिच वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले बिरामीलाई परिक्षण कार्ड बितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै नसर्ने तर जटिलत रोगहरु दीर्घ रुपमा समस्या बन्द गएको बताए । यसको रोकथाममा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवारी भाषा, संस्कृति, संस्कारको जगेर्ना, संरक्षणसंगै सामाजिक चेतनाका अभियानमा लागेको बताए । प्रत्येक ब्यक्तिले ५० रुपैया तिरेर आफनो मधुमेह, मृगौला र उच्च रक्तचापको अवस्थाबारे जानकारी र त्यसबाट बच्न के कस्ता उपाय अप्नाउने भन्ने परामर्शहरु दिईने उनले बताए ।

कार्यक्रममा केन डाईबेटिज एण्ड थाईराईड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले मधुमेह, मृगौला र रक्तचापको परिक्षण गरि अवस्था पहिचान गर्न आग्रह गरे । हरेकको घरघरमा दिर्घरोग भित्रिएको भन्दै यसको ब्यवस्थापन चुनौती बन्दै गएको उनले बताए । रोग लागेर ठूलो खर्च गर्नभन्दा रोगबाट बच्ने अभियानलाई तीन तहको सरकारले जोड दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकार तथा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, माझगाउ टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर थापा श्रीष, पवित्रानगर टोल समितिका अध्यक्ष गंगा बहादुर थापा, समितिका सल्लाहकार विष्णु श्रेष्ठ, उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठले नेपालीहरुको खानपिन, आहारबिहारमा गलत बानी ब्यवहारका कारण नै रोग भित्रीरहेको भन्दै रोगको उपचारसंगै सहि ब्यवस्थापन गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने शिविरमा स्थानिय ३ सय ५० बढीले सेवा लिने समितिका सचिव सारदा श्रेष्ठले बताईन ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा