७ श्रावण २०८३, बिहिबार | July 23, 2026

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ सैनिक बेपत्ता



बैङ्कक । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन ।

एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीय रूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले वेपत्ता सैनिकको खोजि भइरहेको बताए । उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।”

जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले सोमबार बिहान बताए ।

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार गरिएको छ । बिहान ७ बजेदेखि सुरु भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करिब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : ५२ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन