१५ बैशाख २०८१, शनिबार | April 27, 2024

द ब्रिटिस कलेजमा अव ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’



काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्ने भएको छ । ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’द्वारा सञ्चालन गराइने सो कलेजले जनाएको हो । नयाँ कोर्सका लागि आवेदनदिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ ।

किल् विश्वविद्यालयको ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायीहुने कलेजले दाबी गरेको छ । कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले आज प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

किल् विश्वविद्यालयले युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो । विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभवप्राप्तगर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने,‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौँ । नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ । यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’गर्न सहयोग गर्नेछ ।’

कंडेलका अनुसार डिग्री हासिलगर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ । नयाँ कोर्समा भर्ना हुने पहिलो ३० जनाविद्यार्थीहरुलाई ट्युसनफिमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुने जनाउँदै कलेजले अफर जनवरी महिनासम्म मात्र कायम हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ३९ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै