१६ बैशाख २०८१, आइतबार | April 28, 2024

दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ : कालिका ६ स्वर्णसहित अगाडि, कुवरवर्तीलाई ५ स्वर्ण



बुटवल , दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा जारी खेलका ५ स्वर्ण जित्दै कुवरवर्ती माबि दोस्रो तथा २ स्वर्णका साथ रामापुर माबि तेस्रो स्थानमा रहेको छ ।

कालिका मानव ज्ञान माबिका सलिम देवानले छात्र त्रिपलजम्पमा १२.९४ मिटर दुरी जम्प गर्दै स्वर्ण जिते । यसैगरि नबिन औद्योगिक माबिका बिशाल परियारले ११.४० दुरी जम्प गर्दै दोस्रो तथा न्यु होराईजनका बिजय यादवले ११.३८ मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेका छन । छात्रातर्फ कालिका मानवज्ञानकी कृति पराजुलीले ८.६८ मिटर दुरी जम्प गर्दै स्वर्ण जितेकी छिन । यसैगरि एभरेष्ट इबोस्कुलकी निशा चौधरीले ८.५२ मिटर जम्प गर्दै दोस्रो तथा नबिन औद्योगिक माबिकी लक्ष्मी बलालले ८.३० मिटर दुरी जम्प गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।

छात्र २ सय मिटर दौडमा कुवरवर्ती माबिका दिल बहादुर कुवरले २४.६४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । खेलमा जनजागृति माबिका मनिष थापामगर २५.२४ सेकेण्डमा दुरी पार गदै दोस्रो र न्यु होराईजनका अंकित श्रेष्ठ २६.९२ सेकेण्डमा दुरी पार गदै तेस्रो भए । छात्रा २ सय मिटरतर्फ भने रामापुर माबिकी पवित्रा बिकले ३०.४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेकी छिन । कालिका मानवज्ञानकी कृति पराजुलीले ३१.०५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा कुवरवर्ती माबिका रोजी थापाले ३१.३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएकी छिन ।

यसैगरि छात्र ८ सय मिटर दौडमा कुवरवर्तीका स्वरुप दराईले २.११ मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । नबिनका प्रशान्त थापाले २.१७ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा कालिकाका लेख बहादुर झेडीले २.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन ।

छात्रातर्फ पनि कुवरवर्तीकी रजनी थारुले २.५० मिनेटमा दुरी पार गर्दै स्वर्ण हात पारेका छन । खेलमा कालिकाकी रजनी थापाले ३.०१ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा टिकुलीगढ माबिकी श्रृजना काईरीले ३.०३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी छिन ।

एथ्लेटिक्सकै छात्र ४ बाई ४ सय मिटर दौडमा कुवरवर्ती माबिका शेर बहादुर क्षेत्री, प्रेम चौधरी, डिल्लीराज कुवर र स्वरुप दराईको समुह ३.४९ मिनेटमा दुरी पार गर्दै स्वर्ण जित्न सफल भएका छन । कालिका मानव ज्ञानका लेख बहादुर झेडी, सलिम देवान, रबी घर्तीमगर, विकास गैरेको समुह ३.५४ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका दशान बिक, प्रशान्त थापा, शुशिल चौधरी र दिपक बिकको समुह ३.५७ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन ।

छात्रा ४ बाई ४ सय मिटरमा कालिका मानव ज्ञान माबिका रक्षा थापा, लक्ष्मी भुुषाल, अनिषा कुवर, कृति पराजुलीको टिम ५ मिनेटमा दुरी पार गर्दै स्वर्ण जितेका छन । कुवरवर्तीका रोजी थापा, जिना थापा, रजनी थारु, सलिना चौधरीको टिम ५.०५ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा नबिनका अलिसा पाण्डे, प्रकृति थापा, लक्ष्मी बलामी, लक्ष्मी थापाको टिम ५.१८ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन ।

छात्र भलिबलमातर्फ पहिलो सेमीफाईनलमा उजिरसिहले न्यु होराईजन माबि र कुवरवर्तीले कालिका मानवज्ञान माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन । यसैगरि छात्रा भलिबलको उपाधिका लागि भने न्यु होराईजन र एभरेष्ट इगलिस बोर्डिङ स्कुलका बीचमा खेल हुने छ ।

छात्र कबठ्ठीको पहिलो सेमीफाईनल खेलमा कालिकाले क्यानन र दोस्रो सेमीफाईनलमा सुर्यपुराले कान्ति माबिलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । छात्रातर्फ न्यु होराईजनले जनजागृतिलाई र कालिकाले न्यु होराईजनलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ५४ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका