१७ माघ २०८२, शनिबार | January 31, 2026

दीपा र पुनम सुडान ‘मिसन’ मा



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वसदस्यद्वय दीपा राई र पुनम जर्घामगर नेपाली सेनाको ‘मिसन’ अन्तर्गत सुडान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध दुबै खेलाडी सोमबार राति दक्षिण सुडान प्रस्थान गरेका थिए ।

गत असोज पहिलो साता नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपबाट दुई खेलाडीले औपचारिक सन्यासको घोषणा गरेका थिए । दुई खेलाडीसँगै इन्दिरा राईले समेत राष्ट्रिय टोली त्यागेको घोषणा गरेकी थिइन् ।

रक्षक पुनम र मिडफिल्डर दीपा ‘मिसन’ मा एक वर्ष रहनेछन् । फर्किएपछि दुबैले क्लब फुटबलमा ध्यान दिने बताएका छन् । दुई खेलाडीसँगै आर्मीकी सपना लामा मिसनमा पुगेकी हुन् ।

दीपा र पुनम दुबैले सन् २०१४ पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । पुनमले राष्ट्रिय टोलीबाट ३९ खेल खेल्दा दीपाले ३६ खेल खेलेर एक गोल गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : २३ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले