३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

बुटवलका सडकमा यौनजन्य ईसारा गर्ने महिलाका पक्षमा तेस्रो लिंगीहरु, खाना महोत्सव बिथोल्ने धम्की



बुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलाको पक्षमा तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु उभिएका छन् ।

तेस्रो लिंगी सम्बद्ध संस्थाका प्रतिनिधिहरुले बुटवलमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका तेस्रो लिंगीहरुले पैदलयात्रीलाई जिस्काएको नभै स्थानीयले कुटपिट गरेर प्रहरीलाई बुझाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीकै अगाडि प्रहरीको लौरो खोसेर स्थानिय केही महिलाले तेस्रोलिंगी माथी निर्घात कुटपिट हुंदा समेत प्रहरी मुखदर्शक भएर बसेको उनीहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै एक्लोलाई शाहारा दिने वृक्ष अभियानका रेसम न्यौपानेले स्थानियको गुनासोका आधारमा प्रहरीले तेस्रोलिंगीहरुलाई पक्राउ गरेपनि घटनाको यथार्थता बारे आफुहरुको कुरा प्रहरीले नसुनेको बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलमा घटना बारे जानकारी लिन खोज्दा आफुहरुलाई वेवास्ता गरेको भन्दै उनले पिडित र पिडकका कुरा प्रहरीले सुन्नुपर्ने बताए ।

साथै उनले कुटपिट गर्नेहरु विरुद्ध मुद्धा दायर गर्न खोज्दा प्रहरीले निवदेन नै लिन ईन्कार गरेको बताए । निवेदन दर्ताका लागि प्रहरी कहाँ पुग्दा विभिन्न बाहाना बनाएको र घटनाक्रम बारे जानाकारी लिन र दिन पुर्ण रुपमा अस्वीरकार गरेको उनले बताए ।

प्रहरीले होटल व्यवसायी सहित विभिन्न टोल विकास संस्था, स्थानियको जनगुनासोको आधारमा तेस्रो लिंगीहरुलाई पक्राउ गरेको बताएपनि होटल व्यवसायीहरु समेत यस विषयमा संवादका लागि तयार नभएको न्यौपानेको भनाई छ ।

उनले होटल व्यवसायीहरुले यदि कुनै पनि बाहनामा आफ्ना निर्दोष साथीहरु अन्याय परेको अवस्थामा होटल व्यवसायीले गर्ने भनेको सडक खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रो लिंगी बुटवलमा बोलाउने चेतावनी दिए । पत्रकार सम्मेलनमा अवन्तिका घर्ती, अनु अनमोल लगायतले बोल्दै समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गर्दै आएको बताएका थिए ।

बुटवल उपमहानगरपालिका क्षेत्रका विभिन्र सार्वजनिक स्थाहरुमा महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आईतबार आफुलाई महिला बताउने ७ जनालाई पक्राउ थियो । पक्राउ पर्नेहरु १८ देखि ५० बर्ष उमेरका थिए ।

पक्राउ परेका ७ जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय बुटवलका चोकहरुमा जम्मा भएका महिलाको भेषमा उपस्थित तेस्रो लिंगीहरुले पैदलयात्रीलाई यौनजन्य ईसारा गर्ने, एक्लै भेट्ने प्रस्ताव गर्ने , जबरजस्ती पैसा माग्ने जस्ता कार्यहरु हुँदै आएका छन् । समाजमा अवान्छित क्रियाकलाप बढेपछि बिभिन्न टोलविकास संस्था र होटल व्यवसायीले नियन्त्रणका लागि प्रहरीमा मौखिक उजुरी गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ४० बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार