२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोहलपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता



कोहलपुर । देशका बिभिन्न जिल्लामा समलिङ्गी विवाहले सरकारी मान्यता नपाएर तेस्रो लिंगी समुदायले समस्या भोगिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिकामा भने पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । तेस्रो लिंगी समुदायले राज्यको विभिन्न निकायबाट आफ्नो पहिचान समेत नपाएर बस्न विवश हुनु परिरहेको अवस्थामा कोहलपुर नगरपालिकाको एउटा वार्डमा समलिङ्गी विवाह दर्ता भएको हो ।

कोहलपुर नगरपालिका–१४ को वडा कार्यालयमा जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले समलिङ्गी विवाह दर्ता गराएका छन् । कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको जानकारी दिए । बिवाहित जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराइएको उनले बताए । विवाह दर्तापछि विवाहित जोडी दुबैले खुसी व्यक्त गरेका थिए ।

समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको बताए ।

कोहलपुरमा समलिङ्गी विवाह दर्ता पहिलो पटक भएको वडा सचिव चौधरील जनाए । उनले अन्य कुनै जोडी आए उनीहरुको पनि प्रक्रिया पूराएर विवाद दर्ता हुने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ८ : ५३ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी