१५ माघ २०८२, बिहिबार | January 29, 2026

सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ



काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटवल-२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पुस ४ मा महानगरपालिका-११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं-२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ ।

श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ५ : ५९ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा