२१ भदौ २०८३, आइतबार | September 7, 2026

कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु, यसरी हुँदैछ सरकार गठन



सुर्खेत । निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने छ ।

अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउनेछन् । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । त्यतिन्जेलसम्म दलहरूले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने हुन्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखरउपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म कम्तीमा ५ वटा बैठक सञ्चालन भइसक्छन् ।

प्रदेशसभाका नवनिर्वाचित ४० सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह रहेका छन भने सबैभन्दा कान्छो सदस्यको रूपमा रुकुम पश्चिमकी तुल्सा मल्ल रहेकी छिन् । ज्येष्ठ सदस्यका रूपमा शाहले नै सांसदहरूलाई शपथ खुवाउने छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित भएका हुन् हो उनी ६६ वर्षका भए । सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेलसम्म ज्येष्ठ सदस्यका रूपमा उहाँले नै सभा सञ्चालन गर्नुहुनेछ । शाहलाई भने प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउने छन् ।

यस्तै कर्णालीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केन्द्रको हातमा रहेको नेताहरूको भनाइ छ । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरू काँग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ भने एमालेसँग १० सिट छ । गठबन्धनबाट कर्णालीमा काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही केन्द्रीय नेताहरूकै सल्लाह अनुसार आफू मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने उद्देश्यसहित प्रदेशमा आएको बताउदै आएका छन्  । अन्य प्रदेशको तुलनामा माओवादीको जनाधार कर्णालीमा बलियो भएकाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको दाबी छ । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादीका तर्फबाट सुझाव पत्रसमेत पठाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : २३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त