२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु, यसरी हुँदैछ सरकार गठन



सुर्खेत । निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने छ ।

अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउनेछन् । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । त्यतिन्जेलसम्म दलहरूले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने हुन्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखरउपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म कम्तीमा ५ वटा बैठक सञ्चालन भइसक्छन् ।

प्रदेशसभाका नवनिर्वाचित ४० सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह रहेका छन भने सबैभन्दा कान्छो सदस्यको रूपमा रुकुम पश्चिमकी तुल्सा मल्ल रहेकी छिन् । ज्येष्ठ सदस्यका रूपमा शाहले नै सांसदहरूलाई शपथ खुवाउने छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित भएका हुन् हो उनी ६६ वर्षका भए । सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेलसम्म ज्येष्ठ सदस्यका रूपमा उहाँले नै सभा सञ्चालन गर्नुहुनेछ । शाहलाई भने प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउने छन् ।

यस्तै कर्णालीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केन्द्रको हातमा रहेको नेताहरूको भनाइ छ । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरू काँग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ भने एमालेसँग १० सिट छ । गठबन्धनबाट कर्णालीमा काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही केन्द्रीय नेताहरूकै सल्लाह अनुसार आफू मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने उद्देश्यसहित प्रदेशमा आएको बताउदै आएका छन्  । अन्य प्रदेशको तुलनामा माओवादीको जनाधार कर्णालीमा बलियो भएकाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको दाबी छ । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादीका तर्फबाट सुझाव पत्रसमेत पठाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : २३ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा