१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विभिन्न आश्रम तथा सामाजिक संस्थालाई आर्थिक सहयोग



काठमाडौं । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता प्रदान गरेका छन् ।

अमेरिकामा सञ्चालित डे केयरका प्रमुख कार्यकारी अधिकृत टीका अधिकारी र अर्का समाजसेवी एवं एसएनके एजुकेशनका संस्थापक कृष्ण रेग्मीले नेपालमा बालबालिका तथा बृद्धाश्रमका साथै विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
उक्त डे केयरले अमेरिकामा बृद्ध बाआमालाई सेवा प्रदान गर्दै आएको छ भने एसएनके एजुकेशनले अमेरिका र क्यानाडामा रहेका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा, नेपाली संस्कार र संस्कृति सिकाउँदै आएको छ ।

उनीहरुले ललितपुर महानगरपालिका नख्खुडोलमा अवस्थित तुलसालय आश्रमलाई रु एक लाख, समता फाउन्डेसनलाई रु ५० हजार, लोकगीत कार्यक्रम सञ्चालक संस्था इन्द्रेणीलाई रु ५१ हजार तथा बालआश्रम सञ्चालक नन्दा सिंह प्रसाईंलाई रु २ लाख ४० हजार र शंखर सुलेमान (इकु)को संस्थालाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका हुन्।
केही अघि नेपाल आएका उनीहरुले यी संस्थाहरुले गरेको समाजसेवाको कार्यको प्रसंशा गर्दै सो सहयोग गरेका हुन् ।

तुलसालय समाजसेवी सरु सुवेदीले आफ्नी अल्पायूमै निधन भएकी आमाको स्मृतिमा स्थापना गरेका हुन् । तुलसादेवी हरिहर फाउन्डेसनद्धारा सञ्चालित सो आश्रममा बालबालिका, बेसहारा बाआमा र मानसिक रोग भएकाहरु आश्रित छन् ।
हालै काठमाडौँमा सो सहयोग हस्तान्तरण गरेपछि तुलसालयकी अध्यक्ष सुवेदीले बालबालिकालाई शिक्षादीक्षाका साथै आश्रममा आश्रित बाआमाहरुका लागि आवश्यक खाद्यान्नकै समस्या परिरहेका बेला उहाँहरुको सो सहयोगबाट ठूलो राहात मिलेको बताए ।

अमेरिकामा रहने समाजसेवीहरु टीका अधिकारी र कृष्ण रेग्मीले आफूहरुको सहयोग ती संस्थाहरुलाई पर्याप्त नभए पनि यसबाट उनीहरुलाई सामान्य रुपमा भएपनि राहात पुगोस् भनेर उक्त सहयोग उपलब्ध गराएको र आगामी दिनमा पनि यस्तो समाजसेवाको कामलाई निरन्तरता दिने धारणा राखे ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले