१ भदौ २०८३, सोमबार | August 18, 2026

जुम्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दै



जुम्ला । जुम्लामा पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढ्न थालेका छन् । मानव अधिकारसम्बन्धी काम गरिररहेको गैरसरकारी संस्था इन्सेकले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा एक वर्षमा १२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।

संकलित घटनाहरूको थप विवरण पुष्टि गर्ने र छुटेका घटना थप गर्ने उद्देश्यले मंगलबार सदरमुकाममा आयोजित समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १७ पुस ०७८ देखि ४ पुस ०७९ सम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सम्मानित रुपले बाँच्न पाउने अधिकार, हत्या कुटपिट चार वटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार आठ वटा, स्थानीय तहको निर्वाचनमा झडप ती वटा, घरेलु हिंसा पाँच वटा, आवासको अधिकार एक वटा र एक वटा विपद्को घटनाबाट अधिकार हन्न भएको बताइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन् । उनले जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । पाँच करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।

यस्तै, १० जना मानवीय क्षति र पशुपंक्षी, कृषियोग्य जमीनमा पनि क्षति भएको उनले बताए । विपद्बाट भएका सबै क्षति बारे गृह मन्त्रालयमा प्रतिवेदन पठाएको उनले बताए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १ : ०७ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार