२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

यती एयरलाइन्सको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज प्रदर्शन उडान



काठमाडौं । निजी क्षेत्रको हवाई संस्था यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलाइन्सले आज बिहीबार प्रदर्शन उडान गर्न लागेको हो ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे एटिआर-७२ विमानमार्फत प्रदर्शन उडान गर्न लागेको जानकारी दिए ।

उडान भर्ने तयारीस्वरुप एयरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिम दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने र विमानस्थलस्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ ।

यती एयरलाइन्सले चालक दलका सदस्यलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको प्रवक्ता बर्तौलाले बताए । यसरी हुने उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने सो एयरलाइन्सले जनाएको छ ।

काठमाडौंबाट पोखराका लागि यतीले दैनिक सातवटा उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानको सङ्ख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ४५ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको