१५ माघ २०८२, बिहिबार | January 29, 2026

१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा आजदेखि सुरु, राष्ट्रपति भण्डारीद्धारा उदघाटन हुने



बुटवल । बुटवलमा आजदेखी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ सुरु हुदैं छ ।

संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आजबाट बुटवल मण्डपमा हुन लागेको हो ।

प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ । आज दिउँसो १ बजे हुने प्रदर्शनीको उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीको विशेष संवोधन हुने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।

पौष १९ गतेसम्म चल्ने प्रदर्शनीको पुर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ । कोभिडपछि पहिलो पटक मेला महोत्सव पुर्व ¥याली निकालिएको हो । प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर ¥याली समापन भएको थियो ।

प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।

बुटवल मण्डपमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टलहरु रहने छन् ।

त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ०५ बजे

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा