३ चैत्र २०८२, मंगलबार | March 17, 2026

१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा आजदेखि सुरु, राष्ट्रपति भण्डारीद्धारा उदघाटन हुने



बुटवल । बुटवलमा आजदेखी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ सुरु हुदैं छ ।

संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव आजबाट बुटवल मण्डपमा हुन लागेको हो ।

प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ । आज दिउँसो १ बजे हुने प्रदर्शनीको उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीको विशेष संवोधन हुने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।

पौष १९ गतेसम्म चल्ने प्रदर्शनीको पुर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ । कोभिडपछि पहिलो पटक मेला महोत्सव पुर्व ¥याली निकालिएको हो । प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर ¥याली समापन भएको थियो ।

प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।

बुटवल मण्डपमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टलहरु रहने छन् ।

त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ८ : ०५ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन