४ पुस २०८२, शुक्रबार | December 20, 2025

शपथ ग्रहणलगत्तै गगन थापाले उठाए राष्ट्रपतिको भूमिकाबारे प्रश्न



काठमाडौं । कांग्रेस महामन्त्रीसमेत गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।

सार्वभौम सम्पन्न संसदले पास गरेर पठाएका विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठिक वा बेठिक भन्नु सदनको अधिकार खोसिएको हुने भन्दै थापाले राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन् ।

हालै सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति भण्डारीले रोकेकी छन् ।

नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रपतिलाई दिएको भूमिकाबारे पनि छलफल हुनुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको