९ भदौ २०८३, मंगलबार | August 25, 2026

युक्रेन युद्धले विश्व साम्राज्यवादमाथि संकट चुलिएको कम्युनिष्ट अन्तर्राष्ट्रिय को–अर्डिनेसन केन्द्रको ठहर



काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताइन् । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिक लगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानवजातीका लागि समेत नयाँनयाँ संकट खडा गरेको बताइन् ।

नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भनिन् , ‘अहिलेको संकटको मुख्यविन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापकसंकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तिय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’ साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उनले बताइन् । यसले मुलतःदुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाई छ ।

‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुनपनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानवजातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भनिन् , अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा मार्क्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्वगरिरहेको र यो नै विश्व शान्ति खलल पुर्याउने मुख्य नाइके भएको बताइन् ।

नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो । नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गरेका थिए ।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ५ : ३३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त