१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भए पनि बीएफ-७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ‘विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ । नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए २.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।

मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । यता बिहीबार नेपालमा जम्मा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : १० बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा