३ माघ २०८२, शनिबार | January 17, 2026

दीर्घरोगीलाई घरमै निःशुल्क औषधि



सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो ।

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका पालिकावासीलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताइन् । स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उनको भनाइ छ ।

औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताइन् । दीर्घरोगी आफैँले पनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् ।

औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ४३ बजे

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेकपामा प्रवेश

काठमाडौं । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट

आयोगले मान्यता दिएको विशेष महाधिवेशनलाई देउवा समूहले भन्यो ‘तथाकथित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम