३ माघ २०८२, शनिबार | January 17, 2026

उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार


८ पुस २०७९, शुक्रबार  

169
Shares

टीकापुर । कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ ।

महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिए ।

“हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ,” उनले भने, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।”

सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताए । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो ।

पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : १४ बजे

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट

आयोगले मान्यता दिएको विशेष महाधिवेशनलाई देउवा समूहले भन्यो ‘तथाकथित’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन

एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले एकता र सद्भाव कायम

कविता : मत र भविष्य

देश फेरि चुनावको मोडमा उभिएको छ। नारा धेरै छन्, अनुहार

मन्टेश्वरीको अभिभावकसंग अन्तरक्रियात्मक कार्यशाला

नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको